NEPAL

Select Language

पहिला सदस्य दर्ता

आबास सम्बन्धित ध्यान दिनु पर्ने कुराहरु

तपाइले काम खोज्ने बेलादेखि आबास सम्बन्धित ध्यान दिनु पर्ने कुराहरु छन् ,

बिशेस गरि प्राबिधिक प्रशिक्षार्थि बाट बिशिस्ट दक्ष कामदार बन्दा अहिलेसम्म २० देखि ३० हजार एनले बसोबास गर्दै आएको होस्टेल र रुम नपाउन पनि सक्नुहुन्छ। 

※प्राबिधिक प्रशिक्षार्थिको केसमा रुमको तयारी कम्पनिले गर्नु पर्ने नियम थियो तर बिशिस्ट शिपको केसमा नियम नहुने भएर हो। बिशिस्ट शिप दक्ष कामदारको र जापानिज कामदारको तलब बराबर अथवा त्यो माथि हुने भएर रुम अथवा इन्टरनेटहरु सबै आफै जिम्मेवारी हुनु पर्ने पुनर्विचार गरिएको हो।

त्यसैले आबासमा पैसा धेरै लाग्न पनि सक्छ। र अहिले सम्म प्रयोग गर्दै आएको फ्रिज ,कपडा धुने मेशिन कम्पनीबाट पाएको थियो तर काम कम्पनि परिबर्तन गर्यो भने प्राप्त गरेको घरयासी सामान सबै आफैले किन्नु पर्ने आदि कुराले गर्दा सोचेको भन्दा धेरै पैसा खर्च पनि हुन सक्छ।

सबै आफैले तयार गर्नु पर्ने खण्डमा।

रुम खोज्दा रुम खोज्ने कम्पनिलाइ घर भाडाको १देखि २ महिना सम्मको पैसा जति चार्ज दिनु पर्ने

रुम भाडा ३०देखि ५० हजार एन (टोक्योमा अझै महँगो हुन्छ)

रुम भाडाको जिम्मेवारी पनि आफै त्यसपछि प्राबिधिक प्र्शिक्षार्थिको बेलामा भन्दा हातमा पाउने पैसा कम हुन पनि सक्छ। 

कम्पनिले सपोर्ट गर्ने केसमा ठुलो फरक पार्छ।

अन्तरबार्ता हुनु भन्दा अगाडी रुम सम्बन्धित र आफुले तयार गर्नु पर्ने आबस्यक कुराको बारेमा बुझिराखौ।