NEPAL

Select Language

पहिला सदस्य दर्ता

जापानमा कारको लाइसन लिने तरिका

जापानमा बिदेशी नागरिकलेकारको लाइसन लिने २ ओटा तरिका छन्।

  • नेपालको लाइसन भएको व्यक्तिले सिधै जापानको लाइसनमा परिबर्तन गरेर।तथापी त्यसको लागि (लिखित परिक्षा र ड्राइभिङ्ग परिक्षामा अनिबार्य पास गर्नुपर्नेछ
  • जेरोदेखी प्रशिक्षण लिएर लाइसन लिएर।                      

आफ्नो देशमा मान्यता प्राप्त लाइसन जापानिज लाइसनमा परिबर्तन गर्ने।

यदि देश जेनेभा महासन्धिको सदस्य हो भने, अन्तिम म्याद नसकेको ड्राइभिङ्ग लाइसन छ भने  (सार्वजनिक संस्थाबाट अनुवाद आवश्यक छ) र विभिन्न परिक्षा सेन्टरमा आबस्यक पर्ने  इजाजत पत्रहरु ( रेजिडेन्ट कार्ड ,पासपोर्ट बसोबासको प्रमाणपत्र  आदि )तयार गरि आफुलाई पाईपर्ने परिक्षा सेन्टरमा गएर लिखित र प्राक्टिकल परिक्षा दिने। (केहि देशहरुमा कित प्राक्टिकल कित लिखित परिक्षा मध्य कुनै एउटा अथवा दुइ ओटा परिक्षा नै छुट हुन सक्छ। )

बिस्तृत रुपमा बुझ्नको लागि नजिकको परिक्षा केन्द्रमा सम्पर्क गर्नु होला।

・फुकुओका कार ड्राइभिङ्ग लाइसन परिक्षा केन्द्र।

https://www.police.pref.fukuoka.jp/kotsu/unshi/015.html

・चिकुगो कार ड्राइभिङ्ग लाइसन परिक्षा केन्द्र।

https://www.police.pref.fukuoka.jp/kotsu/unshi/020.html

कार ड्राइभिङ्ग स्कुलमा गएर लाइसन निकाल्ने।

यो चुनागुत्तो कम्पनीको मुख्य कम्पनि 「मिनामी फुकुओका कार स्कुल」मा भर्ना हुने बारे सरल तरिकाले जानकारी गराउछौं।

मिनामी फुकुओका ड्राइभिङ्ग स्कुल फ़ुकुओकामा ड्राइभिङ्ग लाइसन भन्नासाथ मिनामी फुकुओकामा जान्छन। फुकुओका शहरबाट नजिक (mfds.co.jp)

आबेदन

आबस्यक कागजजात(कोर्स अनुसार फरक पर्ने भएकोले बिस्तृत रुपमा बुझ्नको लागि सम्पर्क गर्नु होला।)

 बोकेर ल्याउने अनि भर्नाको लागि आबेदन दिएर लगभग एक हप्ता पछि भर्ना हुन्छ।  

पैसाभुक्तानी:  

पैसा कोर्स अनुसार फरक पर्छ। (बिस्तृत रुपमा बुझ्नको लागि सम्पर्क गर्नु होला। )

पैसा तिर्ने तरिकामा क्रेडिट कार्ड (भिजा,मास्टर),नगद ,ब्याङ्क अकाउन्टमा ट्रान्सफर गरेर,लोन बाट छनोट गर्न सकिनेछ।

प्रशिक्षण:

प्रशिक्षण बिधालयको कोर्स भित्र गरिने प्रशिक्षण पहिलो चरण र बाहिर रोडमा प्रशिक्षण गरिने दोस्रो चरणमा गरि २ चरणमा बिभाजन गरिएको हुन्छ। प्रशिक्षण समय कोर्स अनिसार फरक पर्छ।

पहिलो चरणको अध्ययन सकेपछि परिक्षामा पास गर्न सकेमा दोस्रो चरणमा बढ्नेछ।

परिक्षा:

जम्मा ३ चोटि हुन्छ। पहिलो चरणको अन्तिम परिक्षा, आफु प्रशिक्षणको लागि जानु भइराखेको बिधालयको अन्तिम (ड्राइभिङ्ग प्रशिक्षण )परिक्षा , लिखितको अन्तिम परिक्षा गरि ३ ओटा।

पहिलो चरणको अन्तिम परिक्षा -पहिलो चरणको प्रशिक्षण सकेपछि बिधालयमा ड्राइभिङ्ग प्रशिक्षण र लिखित परिक्षा हुनेछ।

दोस्रो चरणको अन्तिम परिक्षा -दोस्रो चरणको प्रशिक्षण सकेपछि बिधालयमा ड्राइभिङ्ग प्रशिक्षणको परिक्षा हुनेछ।

अन्तिम परिक्षा – दोस्रो चरणको प्रशिक्षणको अन्तिम परिक्षा पास भएर बिधालयबाट ग्राजुएसन भएपछि आफूबाट नजिक रहेको परिक्षा केन्द्रमा गएर लिखित परिक्षा दिने।

लाइसन प्राप्त गर्ने:

ड्राइभिङ्ग स्कुल ग्राज्युएसन पछि अन्तिम परिक्षामा पास गर्नु भएमा जापानमा मान्य हुने लाइसन जारि गरिनेछ।

यदि तपाईं जापानमा ड्राइभिङ लाइसन प्राप्त गर्न चाहानु हुन्छ भने, कृपया मिनामी-फुकुओका ड्राइभिङ स्कूलमा सम्पर्क गर्नुहोस्। नेपाली कर्मचारीले यहाँलाई सहयोग गर्नेछन्।